काठमाण्डौ | पल शाह र रेश्मा घिमिरे अभिनित ‘क्या मज्जा आको’ गीत रिलिज भएको छ ।
यो गीतमा राजनराज सिवाकोटी र मेलिना राइको स्वर रहेको छ भने संगीत र शब्द राजनराजकै रहेको छ । सो गीत एजिएल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको हो ।
गम्भिर बिष्टले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ ।