सत्तारुढ नेकपाको बालुवाटारमा बसिरहेको प्रधानमन्त्री केपी ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । अब नेकपाको प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका छन् ।
त्यस्तै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई आजै शपथग्रहण गराएका छन् ।
महाधिवेशन आयोजक समितिमा थपिएका ५५६ जनालाई शपथ्रहण गराइएको केन्दीय सदस्य माधव ढुंगेलले बताए । आजै ओलीले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।