durbar-times

नारी दिवसकाे अवसरमा राष्ट्रपतिकाे शुभकामना सन्देश


नारी दिवसकाे अवसरमा राष्ट्रपतिकाे शुभकामना सन्देश

१११ औँ नारी दिवसकाे अवसरमा राष्ट्रपतिबाट शुभकामना सन्देश जारी भएकाे छ । “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने नाराका साथ मनाइएकाे यसपालीकाे नारि दिवसकाे अवसरमा राष्ट्रपतिबाट जारी सन्देशमा भनिएकाे छः

१११औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक बधाई दिंदै सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ ।

“महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय संकल्पका साथ हामी यस वर्ष १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौं । यस संकल्पलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, संघसंस्था तथा राज्यका सबै निकायहरू अग्रसर हुनु आवश्यक छ । लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी हुन्छ ।

लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा महिलाहरूको समान पहुँच सुनिश्चित हुनु पर्दछ । यसका साथै नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाहरूको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको छु ।

अन्तमा, यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार र सम्मानप्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मीहरूलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send