नबिल बैंकका सीइओ अनिल केशरी शाहलाई कोरोना संक्रमण


नबिल बैंकका सीइओ अनिल केशरी शाहलाई कोरोना संक्रमण

काठमाडौं | नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ ।

शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

“बुधबारदेखि गन्ध आउन छाडेपछि कोरोना परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको थियो। गन्ध आउन छाडेकाले डक्टरहरूले मलाई आइसोलेसनमा बस्नु भनेका थिए”, उनले लेखेका छन्, “हिजो दोस्रोपटक कोभिड-१९ परीक्षण गर्दा नतिजा पोजिटिभ आयो।”

रिपोर्टमा पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहले बताए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...