durbar-times

नागरिक लगानी काेषकाे लिलामी शेयर किन्ने आज अन्तिम दिन,यसरी दिनुहाेस आवेदन


नागरिक लगानी काेषकाे लिलामी शेयर किन्ने आज अन्तिम दिन,यसरी दिनुहाेस आवेदन

नागरिक लगानी कोषको ३ लाख ५४ हजार कित्ता सेयर लिलामी किन्ने आज सोमबार (चैत २ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।  कोषले फागुन २१ गतेदेखि ८२.८४% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो । यसमा व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्वर काठमाडौं र यसका विराटनगर र पोखरा शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरुमा पनि बोलपत्र बुझाउन पाउने व्यवस्था रहेको छ ।

कसरी दिने आवेदन ?

फारम पाउने स्थानबाट फारम भरी न्युनतम १०० रूपैँया प्रतिकित्ता तथा जति कित्ताका लागि जति रूपैँया प्रतिकित्तामा आवेदन दिन खाेज्नुभएकाे रकम इस्यु म्यानेजरकाे अकाउन्टमा जम्मा गर्नुपर्ने हुन्छ । अन्यथा गुड फर पेमेन्ट चेक बनाइ खाममा फारम र चेक राखि शिलबन्दी गराइ सम्बन्धित शाखामा बुझाउनु पर्छ । यदी तपाइँसँग गुड फर पेमेन्ट चेक छैन भने तपाइँकाे खाता भएकाे बैंकमा गएर उक्त चेक बनाउन लगाइ शिलबन्दी गरेर पठाउनु पर्छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send