सिक्वेल चलचित्रकाे दाैडमा अगाडी रहेकाे चलचित्र नाइँ नभन्नु ल - ६ काे छायांकन सुरू हुने भएकाे छ । चलचित्रकाे छायांकन जेठ पहिलाे हप्ताबाट हुनेछ ।
चलचित्रमा रूचाइएका बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई निरन्तरता दिइएकाे छ भने अन्य कलाकारहरू छनाैट गर्ने काम भैरहेकाे छ ।
हालसम्म मुख्य भूमिकामा सलाेन बस्नेत छनाैट भएका छन्। उनकाे जाेडी भने छनाैट गर्न बाँकी रहेकाे निर्माण पक्षले बताएकाे छ ।
टीकटकमा रुचाइएकी बालिका अल्बिना खड्का समेत फिल्ममा प्रस्तुत हुने भएकी छिन् । फिल्मको प्रदर्शन मिति भने बजार सामान्य बनेपछि मात्र घोषणा गरिने निर्माण पक्षले जानकारी गराएकाे छ।