काठमाडाैं | प्रतिनिधिसभा विघटनको विरोधमा युवाहरुले काठमाडौंमा ‘नमुना संसद्’ आयोजना गरेका छन् ।
बुधबार काठमाण्डाैमा नेपाल टीन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा ‘नमुना संसद्’ बनाइ राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो । नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक बैठक राखेको हो ।
नमुना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।
संविधानको मूल मर्म नै सुधारिएको संसदीय व्यवस्था रहेको जनाउँदै संविधान बचाउनु सबैको कर्तव्य रहेकोमा युवाहरुले जोड दिएका छन् । संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमुना बैठक गरिएको नेपाल टीन लिडर्सका युवा विशाल केसीले बताए ।
युवाहरुले नेपालको राजनीतिलाई ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नुपर्ने उनीहरुको भनाई छ । सांकेतिक बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको नेपाल टिन लिडर्सका युवा विशाल केसीले बताए । उनले स्वतस्र्फूत रुपमा सांकेतिक बैठकको आयोजना गरेको जानकारी दिए ।