काठमाडौं | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरणविरुद्ध लाग्दा आफूलाई नियोजित रुपमा फसाउन खोजिएको बताएका छन्।
उनले कमानसिंह लामाको घरायसी मामिलासँग जोडेर आफूलाई बदनाम गराउन खोजिएको पनि बताएका छन् । कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिभित्र भ्रष्टाचारविरोधी आन्दोलनको अगुवाइ गरिरहेकाले त्यसलाई कमजोर बनाउन नियोजितरूपमा षड्यन्त्र गरिएकोरूपमा आफूले बुझेको उनले बताए ।
कम्युनिस्ट नेता कमानसिंह लामाको मृत्युपछि बाहिरिएको अडियाे/भिडियाे सामग्रीका विषयमा श्रेष्ठ विवादित भएका छन्।
आर्थिक लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै श्रेष्ठले दुई पक्षलाई मिलाउन सहजीकरण मात्रै गरेको दाबी गरे। स्रोतका अनुसार यो सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणधीन याम्बालिङ जलविद्युत् परियोजनाको सेयर मिलानको प्रसङ्ग हो ।
यो पनि पढ्नुहोस्:
- नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो: अध्यक्ष दाहाल
- प्रधानमन्त्रीलाइ चुनाैति दिँदै के भने बाबुरामले ?