जर्मनीको सहज जित, रामोसले दुई पेनाल्टी खेर फाल्दा स्पेन बराबरीमा


जर्मनीको सहज जित, रामोसले दुई पेनाल्टी खेर फाल्दा स्पेन बराबरीमा

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीको सहज जित निकाल्दा स्पेन बराबरीमा रोकिएको छ ।

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा स्पेन स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

कप्तान सर्जियो रामोसले बिर्सनलायक प्रदर्शन गर्दै दुई पेनाल्टी खेर फालेपछि स्पेन रोकिएको हो । बराबरीसँगै लिग 'ए' समूह ४ मा स्पेनले ५ खेलमा ८ अंक जोडेको छ ।

स्पेन समूहको दोस्रो स्थानमा रहेको छ । स्पेनको अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।स्विट्जरल्यान्ड ३ अंक जोडेर पुछारमा रहेको छ ।

यता जर्मनीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । लोरी सानेको नाममा एक गोल रह्यो । युक्रेनका रोमन यारिमचुकले एक गोल फर्काए ।

जितसँगै जर्मनीले नेसन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिग 'ए' समूह ४ को शीर्ष स्थानमा रहेको जर्मनीले ५ खेलमा ९ अंक जोडेको छ ।

जर्मनीले अब समूह चरणको अन्तिम खेलमा स्पेनसँग खेल्नेछ । युक्रेन ६ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पोर्चुगललाई पराजित गर्दै फ्रान्स फाइनल फोरमा प्रवेश
काठमाडौं । साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए ३ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै फ्रान्स फाइनल फोरमा पुगेको हो । साविक विजेता पोर्चुगल भने उक्त हारपछि समूह चरणबाटै बाहिरिएको छ । पोर्चुगलको मैदानमा भएको खेलम…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...