राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु


राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार (आज) बाट बङ्गलादेशसँगका दुई मैत्रीपूर्ण खेलका लागि तयारी स्वरुप राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण थाल्ने भएको छ । प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन मैत्रीपूर्ण खेलका लागि उपलब्ध नहुने भएपछि एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । कालिन हाल स्विडेनमानै छन् ।

किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ । प्रशिक्षणमा यसअघि नै विश्वकप तथा एसियाकप छनोटको बन्द प्रशिक्षण परेका खेलाडीलाई समावेश गराइनेछ ।

मैत्रीपूर्ण खेलका लागि महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नोभेम्बर दोस्रो साताका लागि तय गरिएको बंगलादेशविरुद्ध खेलिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । नेपालले बंगलादेशविरुद्ध खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तयबंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको …

बालगोपालले यसअघि पनि नेपाली पुरुष राष्ट्रिय टिमको प्रशिक्षण सम्हाली सकेका छन् । उनकै प्रशिक्षणमा गत वर्ष स्वदेशमै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष टिमले स्वर्ण तथा सन् २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि हात पारेको थियो ।

नोभेम्बर १३ र १७ मा तय भएको खेलका लागि नेपाली टोली नोभेम्बर ५ मा बङ्गलादेश प्रस्थान गर्नेछ । दुवै खेल ढाकास्थित बंगबन्धु राष्ट्रिय फुटबल मैदानमा हुनेछन् ।

नेपालले बंगलादेशविरुद्ध खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय
बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको छ । मंगलबार राति एक सूचना सार्वजनिक गर्दै बीएफएफले नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति जानकारी गराएको हो । नेपालले बंगालदेशसंग नोभेम्बर १३ र १७ तारिखका दुई खेल खेल्नेछ । नेपाली…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...