http://bit.ly/bajajdurbartimes

नयाँ सरकार बनाउँछौँ: संसदीय दल नेता प्रचण्ड


नयाँ सरकार बनाउँछौँ: संसदीय दल नेता प्रचण्ड

काठमाडौँ | दाहाल-नेपाल समूहले संसदीय दलको नेता चुनेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनाउने उद्घोष गरेका छन् ।

संसद भवनमा बोल्दै अध्यक्ष प्रचण्डले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर प्रतिनिधिसभा पुनर्स्थापित गर्ने र गणतन्त्र जोगाउन पहल गर्ने पनि बताए ।

‘सबै राष्ट्रिय राजनीतिक दलहरुसँग एकतावद्ध बनाएर जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ,’ दाहालले भने ।

चुनौतीको समयमा संसदीय दलको नेता चयन भएको भन्दै प्रचण्डले प्रतिनिधिसभालाई जीवित राख्न आफुले पहल गर्ने दाबी समेत गरे ।

‘निकै ठूलो चुनौतीको समयमा मैले यो जिम्मेवारी पाएको छु । मेरो कोशिस नेपालमा नेपाली जनताले गरेको आन्दोलनमार्फत समावेशी लोकतन्त्र र प्रतिनिधिसभालाई जीवन्त राख्न मैले पहल गर्छु,’ दाहालले भने, ‘सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै संसदलाई जिवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले पहल गर्नेछु ।’

संसद भवन नयाँ बानेश्वरमा आज अपराह्न बसेको बैठकले दलको नेतामा प्रचण्डलाई चयन गरेको थियो ।

अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव बैठकमा उपस्थित ९० भन्दा बढी सांसदले सर्वसम्मत अनुमोदन गरेको पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता शिवकुमार मण्डलले जानकारी दिए । नेकपाका १७४ मध्ये ९० भन्दा बढी सांसद बैठकमा उपस्थित भएको उनले बताए ।

पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि प्रचण्डलाई संसदीय दलको नेता बनाइएको उनले बताए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि ओली र दाहाल-नेपाल समूहबीच आफ्नो समूहलाई आधिकारिक बनाउने दौडमा समानन्तर बैठक र निर्णयहरू भइरहेका छन् ।

ओली समूहले मंगलबार ५५६ केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यी महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको छ भने प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ । मंगलबार नै दाहाल-नेपाल समूहले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send