Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

एनसेल एपको नयाँ संस्करण:आकर्षक सुविधाहरु थप,यसरी लिनुस् १ जीबी डेटा सित्तैमा


एनसेल एपको नयाँ संस्करण:आकर्षक सुविधाहरु थप,यसरी लिनुस् १ जीबी डेटा सित्तैमा

एनसेलका ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवाका साथै आफ्नो आवश्यकताअनुसार सेवाहरू सुचारु गर्नसक्ने भएका छन्‌। एनसेल आजियाटा लिमिटेडले फाल्गुन १० गते विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको हो।

एनसेलको एप डाउनलोड गर्नेलाई एक जीबी डेटा सित्तैमा दिन थालिएको छ। एनसेलले एपमा नयाँ फिचर थप गर्दे याे अफर ल्याएको हो।

यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ।

यो एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरू तत्कालै सुचारु लगायत विभिन्न कार्यहरू गर्न सक्छन्। एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा, सुविधाहरूको सुझाव मुख्य स्क्रिनमा नै पाउन सक्छन्। ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारका डेटा र भ्वाइस प्याकहरू लिन सक्छन्।

त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायत कार्यहरू गर्न सक्छन्। यसमा सहज रूपमा सेवाखरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधापनि रहेको छ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरू एउटै प्लेटफर्मबाट आफैँ स्वतःस्फुर्त रूपमा प्रयोग गर्न सक्छन्। एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधापनि रहेको छ र बिना यूएसएसडी कोड प्रयोग गरी सेवाहरू सुचारु गर्न सक्छन्।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send