चर्चित गायिका नेहा कक्कडले गरिन् विवाह


चर्चित गायिका नेहा कक्कडले गरिन् विवाह

बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह गरेकी छिन् । गायिका नेहा २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।

नेहा कक्कडपछि अब आदित्य नारायण, यहि वर्ष विवाह गर्दै
वलिउडमा याे वर्ष विवाहकाे उत्सव छाउँदै छ । हालै वलिउड अभिनेत्री काजल अग्रवालले विवाहकाे घाेषणा गरकी थिइन्। लगत्तै गायिका नेहा कक्कडले पनि आफ्नाे विवाहकाे घाेषणा गरिन्। यी दुवै घाेषणाले वलिउडमा एक प्रकारकाे हलचल नै मच्चाइदियाे । नेहाकाे विवाह २३ अक्टाेबरमा हुँदैछ भने काजलकाे विवाह ३० अक्टाेबरमा हुँदै…

नेहा र रोरनप्रीतको विवाह भिडियोले अहिले चर्चा बटुलिरहेको छ ।

नेहाले केही अगाडि मात्र रोहनप्रीतसँगको सम्बन्ध बाहिर ल्याएकी थिइन् । नेहाले इस्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छन् ‘तिमी मेरो हौ’ ।

उनीहरूले अक्टोबर २२ मा उनीहरूले विवाह दर्ता गरेका थिए। विवाह दर्ता गरेको दुई दिन पश्चात् उनीहरूले विवाह गरेका हुन्। रिसेप्सन पार्टी भने अक्टोबर २६ मा पन्जाबमा हुने बताइएको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...