काठमाडौं | आन्तरिक विवादमा फसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केन्द्रीय सदस्य एवं पूर्व सांसद कमानसिंह लामाप्रति शोक प्रस्ताव पारित गरेर सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले लामाप्रति शोक प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पूर्व राजदूत समेत रहेका लामाको गत बिहीवार निधन भएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए । यसअघि मंसिर २१ गते बसेको बैठकमा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा छलफल गर्न नसकिने भन्दै लिखित पत्र पठाएर बैठकका उपस्थित नहुने जानकारी गराएका थिए ।