प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको प्रश्न- शंकर पोखरेलको गाडीमा ढुङ्गा हान्दा निदाउनुभएको थियो ?


प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको प्रश्न- शंकर पोखरेलको गाडीमा ढुङ्गा हान्दा निदाउनुभएको थियो ?

काठमाडौं | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजीको घटनाप्रति नेताहरुबीच जुहारी चलेको छ। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डलेलाई आफ्नै कार्यकर्ताले लखेटेका थिए ।

यो पनि: चितवनमा आफ्नै पार्टीका कार्यकर्ताद्वारा लखेटिए पूर्वअर्थमन्त्री पाण्डे (भिडियो सहित)

चितवनमा भएको घटनाले दुई गुटको विवादलाई थप मलजल गरेको छ। सो घटनालाई लिएर नेकपा प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गरेका थिए।

उनले लेखेका थिए, ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्ब्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्,

उक्त वक्तव्यप्रति नेकपा प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असहमती जनाएका छन्। सो ट्वीटको स्क्रिनसट गर्दै प्रचार विभाग थापाले गुटगत वक्तव्यबाजी गरेको भन्दै श्रेष्ठको भनाइप्रति असहमती जनाएका हुन्। उनले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे भन्दै कटाक्ष गरेका छन्।

थापाले ट्वीट गर्दै चितवनमा पार्टी एकता जिन्दावाद भन्दै नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको भन्दै टिप्पणी गरेका छन्।

यो पनि: पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारवाही गर्न माधव नेपालको माग

यो पनि: सत्ताकाे खिचातानि : सपनामाथीकाे तुषारापात


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...