काठमाण्डौं |हिजो सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापित गरेको छ ।
आज (बुधवार) नेकपा दाहाल-नेपाल समूहले विजय जुलुस निकालेको छ। काठमाडौंको रत्नपार्क क्षेत्रमा दाहाल-नेपाल समूहले विजय जुलुस निकालेको हो।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरिदिएपछि दाहाल-नेपाल समूह उत्साहित भएको छ। विजय जुलुसपछि रत्नपार्कको शान्ति वाटिकामा सभा गरिने कार्यक्रम छ।