नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्दै छ । बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
मंगलबारको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिने, नयाँ सरकार निर्माणका लागि गठबन्धन, एमालेमा गएकानेताहरुलाई कारवाही गर्नेलगायतको विषयमा छलफल हुने एक स्थायी समिति सदस्यले जनाएका छन्।