सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ।
मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्यव्यस्तताका कारणले बैठक केही समय सरेको बताए। उनले २ बजे बैठक बस्नसक्ने बताए।
बुधवार सचिवालय बैठक राख्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार अनिच्छा व्यक्त गरे पनि अन्तिममा बैठकमा सहभागी हुन तयारी गरिरहेका बालुवाटार स्रोतले जनाएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले बहुमतका आधारमा अगाडि बढ्न खोजेपछि ओली असन्तुष्ट छन् ।