नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसीर ३ गते


नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसीर ३ गते

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक करिब ४० मिनेट बसेको थियो।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को आगामी सचिवालय बैठक मंसीर ३ गते फेरि बस्ने भएको छ।

आजको बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँचजना सचिवालय सदस्यले यसअघि अनौपचारिक सचिवालय बैठकका लागि सहमत हुन अनुरोधसहित अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलालघ बुझाएको पत्रको बारेमा छलफल भएको छ।

यस्तै उक्त पत्रको जवाफ दिँदै अर्का अध्‍यक्ष ओलीले प्रचण्डसहित पाँचजना सदस्‍यलाई बोधार्थसहित लेखेको पत्र र त्यसको जवाफ दिँदै प्रचण्डले ओलीलाई लखेको पत्रका बारेमा पनि छलफल भएको प्रवक्ता नारायणकाजीले श्रेष्ठले बताए।

सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’: भट्टराई
काठमाडौँ | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हेलिप्याड बनेपछि जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् । प्रधानमन्त्रीको समय बचत हुने भन्दै बालुवाटा…

यसका साथै बैठकले पार्टीमा हालसम्‍म देखिएका समस्या समाधानका लागि कार्यसूची बनाएर छलफल अघि बढाउने निर्णय समेत गरेको छ। उक्त कार्यसूचीमा राजदूत नियुक्ति, मन्त्रिपरिषद्‌ पुर्नगठन, कर्णाली विवाद, भारतीय जाजुसी संस्था ‘रअ’ प्रमुख सामान्त कुमार गोयलको नेपाल आगमन, पर्सा घटना र कोरोना महामारी लगायतका विषयहरु पर्ने छन्।

सचिवालय बैठक सकिएपछि प्रचण्ड, प्रवक्ता श्रेष्ठ र झलनाथ खनाल बालुवाटारबाट निस्किएका छन्। अरु नेताभने अझै बालुवाटारमा नै रहेका छन्।

अन्ततः ओलीले बोलाए नेकपा सचिवालय बैठक
काठमाडौ | प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अन्ततः सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा मध्यान्न ४ बजेका लागि बैठक बस्ने जानकारी महासचिब बिष्णु पौडेलले सचिवालय सदस्यहरुलाई जानकारी गराएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल…
नेकपा सचिवालय बैठक बोलाउन बहुमत सदस्यकाे लिखित आग्रह, ओलीले दिएनन् निर्णय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले पार्टीमा देखिएको विवाद समाधान गर्न तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेका छन् । आज पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेकपा केन्द्रीय सचिवालयको बैठक बोलाउन लिखितरूपमा माग गरेका छन्। पार्टी अ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...