नेकपा सचिवालय बैठक १० दिनपछि, प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने


नेकपा सचिवालय बैठक १० दिनपछि, प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने

काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक यही मङ्सिर १३ गते बस्ने गरी सकिएको जानकारी दिए ।

यसैगरी नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने आजको बैठकले निर्णय गरेको छ । यसअघि गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।

यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नाआफ्नातर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक भएको हो ।

देश र जनतालाई धोका दिने कुकर्ममा कोही नलागौं: भीम रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका छन् । उनले पार्टी फुटाएर देश र जनतालाई धोका नदिन आग्रह गरेका छन् । नेकपा एकतामा संघर्ष चलिरहँदा प्रचण्डले सार्वजनिक गरे यस्तो भिडियोनेकपा एकतामा बेजोड संघर्ष चलि…
नेकपा एकतामा संघर्ष चलिरहँदा प्रचण्डले सार्वजनिक गरे यस्तो भिडियो
नेकपा एकतामा बेजोड संघर्ष चलिरहँदा प्रचण्डको अधिकारीक फेसबुक पेजबाट एकताको आवश्यकता, पदका लोभमा भन्दा जनताको आवश्यकतामा ध्यान दिनु पर्छ जस्ता कुरा उल्लेख गरेका छन्। प्रस्तुत भिडियो
सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’: भट्टराई
काठमाडौँ | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हेलिप्याड बनेपछि जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् । प्रधानमन्त्रीको समय बचत हुने भन्दै बालुवाटा…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...