नेकपा एकताका बाँकी काम असोजभित्रै टुंग्याउने ओली-प्रचण्डबीच समझदारी


नेकपा एकताका बाँकी काम असोजभित्रै टुंग्याउने ओली-प्रचण्डबीच समझदारी

काठमान्डौ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका बाँकी काम असोजभित्रै सम्पन्न गर्ने समझदारी बनेको छ ।

बालुवाटारमा बिहान साढे ११ बजेदेखि बसेको छलफलमा दुई अध्यक्षबीच एकतालाई असोजभित्रै टुंगो लगाउने निष्कर्ष निकालिएको हो । पार्टी एकता भएको २७ महिना भएपनि अझै एकताले पूर्णता पाउन सकेको छैन । गत असोज ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र अध्यक्ष ओली र प्रचण्डसहित महासचिव विष्णु पौडेललाई एकताको खाका तयार गर्न दिएको थियो । तर, तोकिएको १० दिनको म्याद सकिएपनि काम सक्ने विषयमा कुनै पनि प्रस्ताव तयार हुन सकेन ।

प्रधानमन्त्री ओलीले हाल रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने र मन्त्रिपरिषद पुनर्गठन दशैं पछि गर्ने गरी सहमति जुटाउने प्रयास गरिरहेका छन् । तर यो विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा रिक्त मन्त्रालयमा मन्त्री नियुक्ती गर्ने कामसमेत प्रभावित बनेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...