नेकपा एमालेमा देखिएकाे चरम विवादकाे नमुनास्वरूप आज एकैदिन दुईतिर दुईवटा कार्यक्रम चलिरहेकाे छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलकाे बैठक चलिरहेकाे छभने राष्ट्रिय सभागृहमा युवा संघकाे राष्ट्रिय कार्यकर्ता भेला चलिरहेकाे छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीकाे संसदीय दलकाे बैठक बाेलाएका थिए । तर, माधव नेपाल , झलनाथ खनाल पक्षले उक्त बैठक बहिष्कार गर्दै सभा गृहमा युवा संघकाे भेला आयाेजना गरेकाे छ ।
अध्यक्षले फागुन २८ गतेकाे निर्णय सच्याउनुपर्ने भन्दै माधव ,झलनाथ खनाल पक्षले सबै बैठक र भेला बहिष्कार गर्दै आएकाे छ ।
पार्टी एकीकरण गर्ने भन्दै अभियान चलाएका नेता वामदेव गाैतम भने बालुवाटारकाे बैठकमा पुगेका छन् ।