नेकपा कार्यकर्तालाई नीति, नेता र कार्यकर्ताविरुद्ध लेख्न बन्देज


नेकपा कार्यकर्तालाई नीति, नेता र कार्यकर्ताविरुद्ध लेख्न बन्देज

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सामाजिक सञ्जालमा कडाइ गरेको छ।

स्थायी समिति बैठकका निर्णयबारे जानकारी दिन सोमबार जारी गरिएको अन्तरपार्टी निर्देशिकामा नीति, नेता तथा कार्यकर्ताविरुद्ध लख्न बन्देज लगाएको उल्लेख छ।

‘पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइकासाथ रोक्न जिम्मेवार कमरेडहरू र सम्बद्ध सबैलाई निर्देशित गर्दछ’, अन्तरपार्टी निर्देशिकामा भनिएको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...