सर्वोच्च अदालतले आइतबारऋषि कट्टेल नेतृत्वको नेकपा नै आधिकारिक भएकाे फैसला गरेपछि अब केपी ओली र प्रचण्ड नेतृत्वकाे नेकपाबाट निर्वाचित भएका सांसदहरूकाे अब के हुने भन्ने अन्याैल सिर्जना भएकाे छ ।
तत्कालीन एमाले रमाओवादी केन्द्रबीच २०७५ जेठमा एकीकरण भई नेकपा बनेको थियो।त्यसयता २०७६ मंसिर१४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा रस्थानीय तहको उपनिर्वाचनमा नेकपाको नामबाट २९ जना निर्वाचित भएका छन्।
जसमध्ये प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई निर्वाचित छन्।त्यसैगरी २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा नामबाट १६ जना निर्वाचित भएका थिए।