भक्तपुरमा‌ नेमकिपा जनप्रतिनिधि नै नेकपामा प्रवेश


भक्तपुरमा‌ नेमकिपा जनप्रतिनिधि नै  नेकपामा प्रवेश

नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नेकपा भक्तपुरले बुधबार सूर्यविनायकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा वाग्मती प्रदेशका सचिव  आनन्दप्रसाद पोखरेलले नेमकिपा परित्याग गरी नेकपा प्रवेश गर्ने जनप्रतिनिधिसहितका कार्यकर्तालाई टीका र खादा ओढाएर स्वागत गरे ।

सो अवसरमा पूर्वमन्त्री पोखरेलले लामो समय भक्तपुर जिल्लाका जनताले जनप्रतिनिधि बनाएर पठाए पनि भक्तपुर नगरबाहेक जिल्लाको विकास गर्न नसकेको, नगरभित्रै पनि जनतालाई विभेद गर्दै आएको र जनताको समस्यालाई आत्मासात् गर्न नसकेको नेमकिपाका नेताकार्यकर्ता नेकपा प्रवेश गर्नाको विकल्प नभएको बताए ।

नेमकिपाबाट निर्वाचित  भक्तपुर नगरपालिकाका–१ का वडा सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा २०४ जनाले नेमकिपा त्यागेर नेकपामा प्रवेश गरेको नेकपा भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिए ।

पार्टी प्रवेश हुनेहरुमा विश्वराज शिलल्पकार, रमेश न्याइच्याइ, अनिल न्यौपाने, कान्छाकाजी क्षेत्री, विष्णुप्रसाद शिल्पकार, आशराम गोठे, सुसान सवाल, सगुन शिल्पकार , दिपक शिल्पकार, हरि नारायण शिल्पकार, श्याम कृष्ण शिल्पकार, तुल्सि नारायण कोजु, रमेश कोजु, कृष्ण सुन्दर गोठे, रविन गोठे, रत्नमान बुद्धचार्य, निल कृष्ण गोठे, रन्जना गोठे, अमीन न्याइच्याई, रविन्द्र श्यामा, बुद्धि बहादुर ज्याख्व, केदार गोठे, मोहन गोठे, सुमन सुजखु, कृष्ण बहादुर सिजख्व, रामेश्वर सिन्ताकल, मनिश शिल्पकार, इन्द्र प्रसाद खर्बुजा, श्यामाकृष्ण शिल्पकार, रमेश बल्ल, मनिष शिल्पकार, उज्वल शिल्पकार, कवि कृष्ण शिल्पकार, आशाराम फाँजु, सुनिल ग्वाछा, विश्वराम दुलाल, कृष्ण प्रसाद सुवाल, रोशन कासुला, राजेन्द्र कोजु, सुरेश विरबल, राजेश देशेमरु, उत्तम बासुकला, हरि राम सितिखु, राजु कुचुमणी, रत्न गोपाल खर्बुजा, सिजन अधिकारी, माधव कुमार कार्की, रमेश धोपला, राजेन्द्र देशेमेरु, महेश श्रेष्ठ, लक्ष्मी प्रसाद याकामी, रामेश्वर बोहरा , सालिक राम खत्रि, हरि बहादुर थापा, सन्दिप थापा, महेश्वर बोहरा, गणेश कुमार मचामसी, शिवराम सुकुपायो, चन्द्रभक्त मचामासी, उत्तम बाहाला, कृष्ण बाहाला, कृष्ण प्रसाद खयामली , पुरुषोत्तम बोहरा, गोबिन्द बोहरा, इन्दिरा भट्टराई, प्रदिप बस्नेत, राजकुमार बस्नेत,राजेन्द्र खत्री, नरहरी थापा, हरिप्रसाद सुवाल, सरिता थापा, मनोज थापा, मिना खड्का, प्रभा ढुङ्गना, रमिला कार्की, राजु प्रधान, सर्मिला कार्की, विजय योधो, पुर्ण बहादुर खुलिमुलि, विजय खड्का, लक्ष्मी खड्का, प्रकाश खत्री, गणेशलाल खिचाजु,बाबुराजा खिचाजु, गणेशमान खिचाजु, कृष्ण प्रासद खिचाजु, हरि लक्ष्मी खिचाजु, पुण्यश्वरी खिचाजु, केशरी खिचाजु, सपना खिचाजु, रविना खिचाजु, सोनी खिचाजु, सरिता खिचाजु, पुजा खिचाजु, सविना खिचाजु, रेखा खिचाजु, प्रमिला खिचाजु, सगुन खिचाजु, बलराम खड्का, सुमित्रा न्यौपाने, भैरब खड्का लगायतका कार्यकर्ताहरु छन् ।

पार्टी प्रवेश गर्दै  वडा सदस्य शिल्पकारले नेमकिपा विधि र पद्धतिमा चल्न नसकेको, व्यक्तिवादी चरित्र हावी भएको, नगरपालिकाभित्र सीमित हुँदै क्षेत्रगत दायरा साँघुरिदै गएको  र राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसकेकाले नेमकिपा परित्याग गर्नुपरेको स्पष्ट गरे ।

कार्यक्रममा नेकपा भक्तपुर इञ्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रमुख एवंं नेकपा केन्द्रीय सदस्य सोम मिश्र, नेकपा जिल्ला सचिव डिपी ढकाललगायतले काठमाडौँ उपत्यकाभित्र रहेर पनि पिछडिएको भक्तपुरको मुहार फेर्न नेकपा सक्रिय रहेको जिकिर गरे ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...