नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग अर्थमन्त्रालयकाे स्पष्टिकरण


नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग अर्थमन्त्रालयकाे  स्पष्टिकरण

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन कारोबारमा समस्या आएपछि अर्थ मन्त्रालय तातेको छ । कारोबारमा पटक पटक समस्या आएपछि मनत्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज दुबैका प्रमुखसँग स्पष्टिकरण सोध्ने भएको छ ।

अर्थ मन्त्रालयले दुबै निकायका प्रमुखलाई छलफलका लागि मन्त्रालयमा बोलाएको छ । उनीहरुलाई सोमबार बिहानै उपस्थित हुन भनिएको छ । अघिल्लो हप्तादेखि टिएमएसमा पटक पटक समस्या आएको थियो । अनलाइनमा समस्या देखिएपछि कारोबार समय लम्व्याउँदै कारोबार गरिएको थियो। आज पनि त्यही समस्या देखिएपछि कारोबार रोकिएको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...