नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ८ करोड कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा १२.३९% ले नाफा घटेको हो । इन्फ्रास्ट्रक्चरको रिजर्भ कोषमा भने ८२.४४% वृद्धि हुँदै १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ ।