durbar-times

नेपाल पुलिस क्लबले जित्याे मेयर कप क्रिकेटकाे उपाधि


नेपाल पुलिस क्लबले  जित्याे मेयर कप क्रिकेटकाे उपाधि

विभागीय टाेली नेपाल पुलिस क्लबले काठमाडाैँमा आयाेजित मेयर्स कपकाे उपाधि जितेकाे छ । फाइनलमा अर्काे विभागीय टाेली एपिएफ क्लबलाइ ८ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेकाे हाे ।

पुलिसलाइ जित दिलाउने क्रममा सुनिल धमलाले अर्धशतकीय पारी खेले । ५९ रनमा अविजित रहेका उनले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
कुशल भुर्तेल र अनिल शाहले समान १५–१५ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे ।

एपिएफले दिएको १०६ रनको लक्ष्य पुलिसले २४.१ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्टायो ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send