http://bit.ly/bajajdurbartimes

नेपाल र चीनकाे सम्बन्ध नयाँ उचाइमाःप्रधानमन्त्री


नेपाल र चीनकाे सम्बन्ध नयाँ उचाइमाःप्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्षम भएको बताएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रमण्डलसँगको गए राति भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले नजिकको छिमेकी र नेपालको मित्रका नाताले चीनले गर्दै आएको सहयोग र सहकार्य यथावत् रहने विश्वास पनि व्यक्त गरेका छन् ।

सो अवसरमा उपमन्त्री क्वोले चिनियाँ राष्ट्रपति सि चीनफिङले नयाँ वर्ष २०२१ का लागि पठाएको शुभकामना सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउँदै चीन र नेपालबीचको आपसी सम्बन्ध तथा दुई कम्युनिष्ट पार्टीबीचको भाइचारा सम्बन्ध गाढा हुँदै गएकाेमा खुशी व्यक्त गरेका थिए । प्रमण्डलले गए राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको थियो ।

1

पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि

2

अक्षय कुमारको ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय

3

काराेबार रकमले रेकर्ड राख्दा नेप्सेमा छायाे बहार

4

संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

5

तथ्याङ्क विभागले माग्याे ३७ हजार कर्मचारी (फारम भर्ने लिङ्कसहित)

6

चुनावले झन् ठूलो दुर्घटना ल्याउनेछ : बाबुराम


Share Tweet Send