नेपाल टेलिकमको आकर्षक सुविधासहितको परिमार्जित अफर


नेपाल टेलिकमको आकर्षक सुविधासहितको परिमार्जित अफर

काठमाडौं । नेपाल टेलिकमले परिमार्जित सुविधासहितको थप आकर्षक अफर ल्याएको छ । टेलिकमले शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी अटम अफरमा थप सुविधा परिमार्जन गरी ल्याएको हो ।

टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको जानकारी दिएको छ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यो पनि : NTC को नम्बर कसरी थाह पाउने ? कलफरवार्ड कसरी गर्ने ? हेर्नुहोस सबै जानकारी

यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...