नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले संसद विघटनको विरुद्धमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । नेविसंघको झण्डासहित सर्वोच्च गेटअगाडि नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले संसद विघटनको कदम असंवैधानिक भन्दै नाराबाजी गरेका थिए ।