http://bit.ly/bajajdurbartimes

नेपाली भूमिमा पिल्लर गाड्ने भारतीयलाइ स्थानीयले लखेटे(भिडियो)


नेपाली भूमिमा पिल्लर गाड्ने भारतीयलाइ स्थानीयले लखेटे(भिडियो)

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पूर्वी सीमावर्ती क्षेत्र सूर्योदय नगरपालिकाको हिलेमा पिलर गाड्न खोजेपछि स्थानीयले लखेटेका छन्।

ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को माध्यमबाट हिले क्षेत्रको सो भू–भागमा एसएसबीले कब्जा गर्न खोजेपछि स्थानीयले त्यहीँ पुगेर प्रतिकार गरेका हुन्। स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि एसएसबी आफूले गाढेको पिलर उखेलेर पछि हटेको थियो।

सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का इन्स्पेक्टर नवीन खतिवडाले एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाढ्ने प्रयास गरेको बताए।

भारतले गुगल म्याप आधार भन्दै नेपाली भुमि अतिक्रमण गरिरहेको छ। गुगल म्यापले नेपालतर्फको धेरै भु–भागलाई भारततर्फ देखाइदिँदा सीमा अतिक्रमण बढ्दै गएको छ। गत बर्ष मंसिरमा गुगल म्यापले पूर्व–पश्चिम राजमार्गलाई नै भारतीय क्षेत्रतर्फ देखाइदिएको थियो।

सुनसरीको कोशी व्यारेज नजिकै हनुमान मन्दिरदेखि ४ सय मिटर पूर्व सडकबाट हरिपुर क्षेत्रको करिब ६५० मिटरसम्मको सडक नै भारततर्फ रहेको अझै पनि गुगल म्यापमा भारततर्फ नै रहेको देख्न सकिन्छ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send