durbar-times

नेपालकाे निर्वाचनकाे लागि भारतले बजेट छुट्याउँदै ?


नेपालकाे निर्वाचनकाे लागि भारतले बजेट छुट्याउँदै ?

प्रतिनिधिसभा विघटनसँगै नेपालमा राजनीतिक तरलता उत्पन्न भएका बेला छिमेकी मुलुक भारतले फेरि संक्रियता बढाएको छ ।

२०७७ पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको कदम उठाएपछि भारतले फेरि नेपालको राजनीतिको फ्रन्टलाइनमा देखिने प्रयास थालेको हो ।

केही दिनयता नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको राजनीतिक भेटघाटले तीव्रता पाएको छ । माघ २० मा राजदूत क्वात्रा र सत्तारूढ नेकपा केपी ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको खुलेको छ । सो भेटवार्तामा बजेटको विषयमा छलफल भएको भनिएको छ ।

सोमबार भारतको संघीय सरकारले घोषणा गरेको बजेटमा नेपाललाई अनुदान दिन ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ छुट्याएको थियो । त्यो बजेट कसरी र कुन–कुन शीर्षकमा खर्च गर्नेभन्ने विषयमा दुईजना बीचमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ । शीर्षकमा निर्वाचन पनि रहेकाे शंका गर्न थालिएकाे छ ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send