काठमाडौं | बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई कोराना विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ ।
सोमबार मन्त्रालमयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी भएको भेटवार्ताका क्रममा राजदूत पोलिटले बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएकी छिन् ।
उनले बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई ‘एस्ट्राजेनेका’ खोप उपलब्ध गराउने जानकारी दिइन् ।
बेलायतले कोभ्याक्स कार्यक्रमलाई ५५० मिलियन पाउन्ड रकम बराबरको खोप उपलब्ध गराउने भएको हो । राजदूत पोलिटले बेलायतमा विकसित भएको खोप प्रयोग गरेकोमा नेपाललाई धन्यवाद दिएकी थिइन् ।
विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न मुलुकलाई खोप सुनिश्चित गर्छ । नेपालले पनि उक्त कार्यक्रममार्फत खोप प्राप्त गर्दैछ । तर, कहिले आउँछ भन्ने टुंगो लागिसकेको छैन ।
Delighted to meet the Honourable Minister of Health and Population today. Pleased to see 🇬🇧 R&D benefitting frontline Nepali health workers as @AstraZeneca vaccine arrives in 🇳🇵. UK supports Nepal’s vaccine programme through our £550m commitment to the Covax facility. @UKinNepal pic.twitter.com/OGt9JFkOD4
— NicolaPollitt (@NicolaPollittUK) January 25, 2021