काठमाडौं | त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चम्जोङले गर्ने भएका छन् ।
सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले टिमको कप्तानी किरणले गर्ने जानकारी गराएका हुन् ।
किरण भारतमा त्यहाँको शीर्ष डिभिजन लिग आईलिगमा व्यावसायिक फुटबल खेलिरहेका छन् र उनि आज स्वदेश फर्कदैछन् । किरण पन्जाबबाट खेलिरहेका छन् ।
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।
फाइनल खेल चैत १६ गते हुनेछ । भोलि (मंगलबार) हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।
राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
फाइनल खेल चैत १६ गते हुनेछ ।