२४ घण्टामा २७ सय ३६ जनामा कोरोना भाइरस पुष्टि, उपत्यकामा १ हजार ४ सय २०


२४ घण्टामा २७ सय ३६ जनामा कोरोना भाइरस पुष्टि, उपत्यकामा १ हजार ४ सय २०

पछिल्लो २४ घण्टामा २७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा २ हजार ७ सय ३६ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । जसमध्ये १ लाख ६० हजार ५७७ जनाले कोरोना जितेका छन् ।

२४ घण्टामा ८५३ जनाले कोरोना जितेका छन् भने २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...