२४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ७ सय ५५


२४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ७ सय ५५

पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा ६ सय नौ, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी २४ घण्टामा ४ सय ५७ जनाले कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्तको संख्या ५० हजार ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...