नेपालमा संघियता खाँचाे छैन : गोकुल वास्कोटा


नेपालमा संघियता खाँचाे छैन : गोकुल वास्कोटा

पूर्व संचारमन्त्री गोकुल बास्कोटाले द्वन्द ब्यवस्थापनकाे लागि संघियता मान्दिनु परेकाे दावी गरेकाछन् ।

गत ११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो । तत् पस्चात विभिन्न नेता तथा पद वहाँल मन्त्री र सांसदहरुद्वारा नै यसको पक्ष र विपक्षमा रहेर टिप्पणीहरु भईरहेका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको प्रतिवाद गर्न आह्वान गरेका छन् । यस्तो निर्णय गर्नुमा उनले केही गडबडीको आशंका समेत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘यो स्वीकार्य छैन । दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ।’

संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन भएको भन्दै उनले सोही अनुसार नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राखिएको उल्लेख गरेका छन् ।

यस्तै सन्दर्भमा पूर्व संचारमन्त्री गोकुल बास्कोटाले भने आफ्नो फेसबूकमा नेपालमा संघियता खाँचाे नभएको विचार साझा गरेका छन्।

वास्कोटाले फेसबूकमा लेखेका छन्, " सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्रतिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्वन्द ब्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन सङ्घीयता।लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन।कमरेडका दुःख पनि कहिल्यै नसकिने के!"

वास्कोटाको फेसबूक पोस्ट

वास्कोटाले सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद प्रकारणमा भ्रस्टाचार गर्न खोजेको अभियोगमा संचारमन्त्री पदबाट राजिनामा दिनुपरेको थियो।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...