नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लण्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरकाे बाेण्ड जारी गर्ने भएकाे छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताए ।
याे समाचारले आज साेमबार शेयर बजारमा लगातार मूल्य घटबढ भैरहेकाे निफ्राकाे भाउ सकारात्मक सर्किट लाग्ने हल्ला फैलियाे । सामाजिक सञ्जाल फेसबुक लगायत टेलिग्राम र भाइबरमा रहेका ग्रुप च्याटहरूमा याे हल्ला व्यापक फैलिएकाे थियाे ।
त्यही हल्लाका कारण हुनसक्छ आज लगानीकर्ताहरूकाे प्रमुख राेजाइमा इन्फ्रास्ट्रक्चर बैंककाे शेयर परेकाे देखियाे । ११२ वटा कम्पनीकाे शेयर काराेबार हुँदा ४३ कराेड ६२ लाख बराबरकाे इन्फ्रास्ट्रक्चर बैंककाे मात्र काराेबार भयाे ।
ओपनिङ रेन्जसहित महिला लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत
मूल्य बढ्ने हल्ला र बाेण्ड जारी गर्ने सकारात्मक समाचारका बाबजुद इन्फ्रास्ट्रक्चरकाे शेयरमा सकारात्मक सर्किट भने लाग्न सकेन । आज कम्पनीकाे शेयर मूल्यमा १४ अंकले बृद्धि भइ ५३७ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।
शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ ? यसरी गर्नुहाेस सुरूवात
भाेली याे कम्पनीकाे काराेबार कस्ताे हुन्छ भनेर आम लगानीकर्ताहरू नियालेर हेरिरहेका छन् । शेयर बजारमा भविष्यद्रष्टा काेही हुन नसक्ने भएकाले सबै पर्ख र हेरकै स्थितिमा रहेकाे देख्न सकिन्छ ।