काठमान्डौ | नेपाल धितोपत्र बोर्डबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आईपीओ विक्री गर्न अनुमति पाएको छ ।
कम्पनीले रू। ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न पुस १० गते(शुक्रबार) धितोपत्र
बोर्डबाट अनुमति पाएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू। १२ अर्ब रहेको छ । आईपीओ बिक्री पछि सो पूँजी रकम रू। २० अर्ब पुग्नेछ । कम्पनीको अधिकत पूँजी रू। ४० अर्ब र जारी पूँजी रू। २० अर्ब रहेको छ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले दिएको छ। उक्त कम्पनीको आईपीओ प्रत्याभूतिकर्ताको जिम्वेवारी भने नागरिक लगानीकोषले पाएको छ ।