http://bit.ly/bajajdurbartimes

नेपाली राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा


नेपाली राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ ।

कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनि नेपाल फर्किनु भएन । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।

यो पनि पढ्नुहोस्:

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send