http://bit.ly/bajajdurbartimes

नेपाल पत्रकार महासंघ नुवाकोटले उमेश खनाललाई सम्मान गर्ने


नेपाल पत्रकार महासंघ नुवाकोटले उमेश खनाललाई सम्मान गर्ने

'नेपाल पत्रकार महासंघ' जिल्ला नुवाकोट शाखाले कोरोना महामारीको विषम परिस्थितिमा पनि सजक सक्षम रहेर नुवाकोटका जनताहरू माझ सत्य तथ्य तथा निस्पक्ष ढंगबाट खबर प्रशारण गरेका कारण 'नुवाकोट एक्सप्रेस डटकम' र यसका प्रधान सम्पादक उमेश खनाललाई सम्मान गर्ने भएको छ ।

'नेपाल पत्रकार महासंघ' नुवाकोटको १०अौं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिने पत्रकार महासंघले
जनाएको छ।

उक्त महासंघ द्वारा प्राप्त पत्रमा मानव इतिहासलाई नै कठिन मोडमा पुर्‍याएको विश्व महामारीका रूपमा फैलिएको कोविड-१९ का कारण सृजित संङ्कटग्रस्त अवस्थामा समुदायको स्वास्थ्य सुरक्षा र कोरोना भाईरस सङ्क्रमणका लागि बन्दाबन्दिको कठिन परिस्थितिमा यस सञ्चार गृह ले नुवाकोटका नागरिकहरूलाई ठुलो सहयोग पुर्याएका कारण यस सञ्चार गृहले गरेको कार्यको मुल्यांकन गर्दै यस पुरस्कार नुवाकोट एक्सप्रेस डटकमलाई प्रदान गर्न लागिएको महासंघले बताएको छ ।
उक्त कार्यक्रम  २०७७/०९/०९ गते बिहान ११:०० बजे नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टका साथ कार्यक्रम विदुर नुवाकोटमा हुने उक्त महासंघ द्वारा प्राप्त पत्रमा खुलाएको छ ।

नुवाकोट एक्सप्रेस डटकम का प्रधान सम्पादक उमेश खनालले उक्त सत्य,  तथ्य र निस्पक्ष खबरहरू सञ्चार माध्यमबाट प्रसारण  गर्दै  आइरहेका छन्।

1

टोटेनहम र लिभरपुल भिड्दै

2

आर्मी लगातार चौथो पटक फाइनलमा

3

टी-टेनमा सोमपालको डेब्यु

4

सावित्राको ह्याटि्रकमा एपीएफ र मिथो रुथको दोहोरो ह्याटि्रकमा वालिङ विजयी

5

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

6

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


Share Tweet Send