नेपाल संवत् नेपालीको मौलिक संवत् होः मुख्यमन्त्री पौडेल


नेपाल संवत् नेपालीको मौलिक संवत् होः मुख्यमन्त्री पौडेल

बागमती | वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई नेपालको मौलिक संवत्का रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताएका छन् । नेपाल संवत् ११४१ का अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा  मजबुत रहेको उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्र संघ देखी विश्वका यी नेताहरुले दिए दिवालीको यस्ता शुभकामना
विश्वका विभिन्न तह र तप्कामा रहेका व्यक्तिहरु कसै भारतको पर्व दिवाली भनेर, कसैले हिन्दूहरुको विशेष पर्व, कसैले एसियन मुलुकका जनताहरुको महान पर्व आदी विविध प्रकारले आफ्नो शुभकामना व्यक्त गरे। कसैले दिपावली गर्दै, त केहीले वक्तव्य जारी गर्दै सबैमा शुभकामना प्रदान गरेका छन्। तत्कालिन अमेरिकि राष्ट्रप…

“नेपालको मौलिक नेपाल संवत् ११४१ को पावन अवसरमा प्रदेशवासी दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देमा उल्लेख छ । पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले तत्कालीन समयमा ऋणको भारले थिचिएका र साहुकैमा दासको जीवन बिताउन बाध्य  व्यक्तिको ऋण चुक्ता गरिदिएको दिनका स्मृतिमा नेपाल संवत् प्रचलनमा आएको उल्लेख गर्दै यो दिनलाई विशेषतः नेवारी समुदायले धुमधामसँग मनाउने गरेको तथा हाल हरेक नेपालीले  मौलिक नेपाली संवत्का रूपमा आत्मसात गरेको बताएका छन् ।

“हाम्रो देश नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा पनि मजबुत रहेको छ । यो नयाँ वर्षको अवसरमा नेपालीहरुबीचको एकता थप मजबुत बनोस् भन्ने कामना व्यक्त गर्दछु, न्हुदया भिन्तुनाः”, पौडेलले सन्देशमार्फत भनेका छन् ।

मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
काठमान्डौ | नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रह…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...