अन्तरिक्ष दौडमा नेपाल: स्पेसपोर्ट अमेरिका कपमा छानियो SEDS-नेपाल


अन्तरिक्ष दौडमा नेपाल: स्पेसपोर्ट अमेरिका कपमा छानियो SEDS-नेपाल

विश्वका विभिन्न राष्ट्रहरु अन्तरिक्ष यात्रा, यस सम्बन्धी अनेक किसिमका आविस्कार र अनुसन्धानमा सरिक भैरहँदा नेपालको सम्बन्धमा भने यो एक हतोत्साहित बनाउने प्रसङ्ग बन्न जान्छ। अन्तरिक्ष दौडमा आफ्नो स्याटलाइट त्यो पनि अन्य राष्ट्रको सहयोगमा पठाउनु नै नेपालको पछिल्लो ठूलो पाइला मान्नुपर्ने अवस्थामा हामी कती पछाडी छौं भन्ने आभास त अवस्य गराउँछ, साथ साथै यो क्षेत्रमा इच्छा र भविष्य समर्पण गर्न तयार वर्गलाई टाढैबाट भगाईदिन्छ।

यस्तै परिवेशबीच पनि नेपाललाई नै पोर्ट बनाएर आविस्कारहरु प्रक्षेपण गरिरहेका केही व्यक्तिहरु अझै छन् जस्ले अब नयाँ पुस्ताका लागि नेपालमै उपयुक्त पर्यावरणको निर्माण गर्न लागि परेकाछन्।एस. ई. डि. एस्. नेपाल (SEDS Nepal) एक यस्तै युवाहरुको समुह हो, जस्ले "उदेश्य के लिनु, उडी छुनु चन्द्र एक" लाई आफ्नो सार मानेका छन् र नेपाललाई अन्तरिक्षमा पुर्‍याउने अठोट बोकेका छन्।

स्टुडेन्ट्स फर दि एक्स्प्लोरेसन एण्ड डेभलपमेन्ट अफ स्पेस (SEDS) अर्थात विद्यार्थीहरुको अन्तरिक्ष सम्बन्धी अध्ययन र विकास गर्ने संस्था, विद्यार्थीद्वारा संचालन भैरहेको विश्वको सबैभन्दा ठुलो अन्तरिक्ष संस्था हो। नेपाली विद्यार्थीद्वारा संचालन भईरहेको SEDS  nepal  यसैको नेपाली शाखा हो।

नेपालका विद्यार्थीहरुमा अन्तरिक्ष विज्ञान सम्बन्धी ज्ञान, सिप र अवसर निरन्तर प्रदान गर्दै आइरहेको SEDS-नेपाल सन २०२१ मा न्यू मेक्सिकोमा हुन गैरहेको स्पेसपोर्ट अमेरिका कपमा छनोट भएको हो ।

"यस्तो किसिमको प्रतियोगितामा सहभागीता नेपालको ईतिहासमा नै पहिलो पटक रहेको SEDS-नेपालका उपाध्यक्ष मोहन तामाङले दरबार टाईम्सलाई बताए।

२०२१ स्पेसपोर्ट अमेरिका कपमा सहभागी हुने राष्ट्रहरु
सुचना
SEDS नेपालले स्पोन्सरको पनि माग गरिरहेको छ, इच्छुक व्यक्ति वा संस्थाले संपर्क गर्नसक्नुहुनेछ
जानकारीको लागि यहाँ जानुहोस्

के हो २०२१ स्पेसपोर्ट अमेरिका कप ?

स्पेसपोर्ट अमेरिका कप अन्तर विश्वविद्यालय संचालन हुने विश्वकै सबैभन्दा ठुलो रकेटरी प्रतियोगिता मानिन्छ। हरेक वर्ष मेक्सिकोमा आयोजना हुने यस प्रतियोगिताले विश्वभरका विद्यार्थी र दर्शकहरुलाई आकर्षित गर्ने गर्छ। अघिल्लो वर्ष सन २०१९ मा सम्पन्न भएको कार्यक्रममा १४ राष्ट्रका १२० समुहको सहभागीता रहेको स्पेसपोर्ट अमेरिकाले जनाएको छ। यस्तै २०२० मा मेक्सिकोमा हुने भनिएको कार्यक्रममा झनै ठुलो उपस्थिती देखिने आशा गरिएको थियो।  १७ राष्ट्रबाट १५४ विश्वविद्यालयका २०० समुहको उपस्थिती हुने तय भएको कार्यक्रम कोविड १९ को माहामारीका कारण रद्द हुन पुग्यो।

सहभागीहरुको छनोट

रजिस्ट्रेसन पश्चात छनोट प्रकृया सुरु हुन्छ, जसमा पहिलो चरणमा सहभागीहरुले आ-आफ्नो रकेटको डिजाइन पठाउनु पर्छ। त्यस्तै छनोटको अर्को आधारका रूपमा रकेट्री सम्बन्धी सहभागीहरुको ज्ञानको परीक्षण गरिन्छ।

"परिक्षणमा रकेटको गतिवद्र्घन (acceleration), वेग (velocity), म्याच नम्बरहरु (mach numbers), स्थिर मार्जिन (static margins), प्रक्षेपण स्थल प्रस्थान वेग (launch rail departure velocities) आदिका गणितीय हिसाब र समाधानहरु प्रस्तुत गर्यौँ।", मोहन तामाङ भन्छन, "यी सबै प्रस्तुत गरिएका रकेटका डिजाइन र यस सम्बन्धी हाम्रो ज्ञान परीक्षण पछी  SEDS-नेपाल पनि छनोट हुन सफल भएको छ।"

SEDS - Nepal ले प्रस्ताव गरेको रकेटको डिजाइन (गरुड - २०२१)

गरुड - २०२१ by SEDS Nepal
गरुड - २०२१ by SEDS Nepal

यसरी दर्ता भएका ३००+ इच्छुक समुह मध्यबाट सन २०२१ मा हुने कार्यक्रमका लागि २०१ वटा समुहको छनोट गरियो।

यहाँ सम्मको प्रकृया सबै अनलाइन माध्यमबाट भएको छ, अब अझै  ३ वटा मुल्याङ्कनका चरण रहेका छन, जसमा सबै चरण अनलाइन नै हुनेछन् र फाईनल कार्यक्रम भने छानिएर बाँकी रहेका समुहको भौतिक उपस्थिती गराइ न्यू मेक्सिकोमा सम्पन्न हुनेछ।

प्रोजेक्टको योजना, प्रगति र सम्पन्नता गरी तीन चरणको यो कार्यकममा प्रतियोगीहरुले आ-आफ्नो रकेट तयार पार्नेछन्। तयार गरिएको रकेट २०२१ मा न्यू मेक्सिकोमा आयोजना हुने कार्यक्रममा प्रक्षेपण गर्नुपर्नेछ।

प्रतिस्पर्धी विश्वविद्यालयका समुहहरुले ठोस, तरल, र हाइब्रिड गरी आ-आफ्नो वर्गका रकेटहरु १०,००० र ३०,००० फिट को उचाइलाई लक्ष्य बनाइ प्रक्षेपण गर्नेछन्न।

SEDS - नेपालका उपाध्यक्ष मोहन तामाङका अनुसार SEDS नेपालले डिजाइन गरेको गरुड भने ठोस अर्थात सोलिड वर्गमा पर्छ जसको लक्ष्य प्रक्षेपण स्थलबाट  १०,००० फिटको उचाइ रहेको छ।

SEDS नेपालमा संलग्न सम्पूर्ण विद्यार्थीहरुको लगाव र क्षमताको परीणाम स्वरूप नेपाललाई अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर प्राप्त भएको छ। अन्तरिक्ष सम्बन्धी नेपालको ईतिहासमै पहिलो कार्यमा अग्रसर SEDS नेपाललाई यो कार्यक्रममा अझै अघी बढी रहनका लागि भने केही आर्थिक सहयोगको आवश्यकता पर्नेछ । त्यसैले SEDS नेपालले स्पोन्सरको पनि माग गरिरहेको हुँदा इच्छुक व्यक्ति वा संस्थाले संपर्क गर्न सक्नुहुनेछ।

सुचना
SEDS नेपालले स्पोन्सरको पनि माग गरिरहेको छ, इच्छुक व्यक्ति वा संस्थाले संपर्क गर्नुसक्नुहुनेछ
जानकारीको लागि यहाँ जानुहोस्

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...