durbar-times

इन्फ्रास्ट्रक्चर बैंककाे काराेबार खुलेसँगै फर्कियाे नेप्से ,६ अर्बभन्दा बढीकाे काराेबार


इन्फ्रास्ट्रक्चर बैंककाे काराेबार खुलेसँगै फर्कियाे नेप्से ,६ अर्बभन्दा बढीकाे काराेबार

काठमाण्डौं | शेयर बजारको परिसूचक नेप्से बुधबार १२.५६ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५९९ अंकमा कायम भएको छ।

आइएमई जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो। नेपाल फाइनान्स, चन्द्रागिरि हिल्सको मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ। वाणिज्य बैंकहरुमा नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले बढ्यो।

नेपाल बैंक कारोबारका आधारमा पनि अगाडि रह्यो। सो कम्पनीको ५८ करोडको कारोबार हुँदा मूल्य ५ प्रतिशत बढेर प्रतिकित्ता ४७७ रुपैयाँ कायम भयो।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशतले घट्यो सो कम्पनीको मूल्य प्रतिकित्ता ५६२ रुपैयाँमा झरेको छ। निफ्राको सेयर कारोबारमा केही घण्टा समस्या उत्पन्न भएको थियो।जसका कारण केहीबेर कम्पनीकाे काराेबार नै राेक्नुपरेकाे थियाे । केही समयपछि काराेबार खुलेसँगै समग्र बजारले पनि गति लिएकाे थियाे ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send