नेपाल टेलिकमकाे अनलिमिटेड अफर


नेपाल टेलिकमकाे अनलिमिटेड अफर

नेपाल टेलिकमले संविधान दिवसका अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक  र एड–अन प्याक उपलब्ध गराएकाे छ।

यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक ५५ रुपैयाँ प्रति प्याकमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। यस्तो प्याक खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु एस्टिक १४१५ एस्टिक ११ ह्यास् डायल गरी प्राप्त गर्न सकिनेछ। साथै, ग्राहकको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याक खरिद गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।

साथै, समर अफरअन्तर्गत २८ दिनको समयावधि हुने दैनिक १ जीबी डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको उल्लेख गरिएको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...