नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल दर्शकले मैदानमै गएर हेर्न पाउने (टिकट मूल्य सहित)


नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल दर्शकले मैदानमै गएर हेर्न पाउने (टिकट मूल्य सहित)

२६ कात्तिक, काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्ध नेशनल स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमै दर्शकलाई मैदान प्रवेश गर्ने निर्णय बीएफएफले गरेको हो ।

विश्वभर फैलिरहेको कोरोना महामारिकाको दक्षिण एसियाली देशहरुका दर्शकसहित खेल हुन सकेको छैन । तर बीएफएफले फिफा र एएफसीको गाइडलाइन्स अनुसार मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ । यद्यपि मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने एकिन गरिएको छैन ।

यस्तै बीएफएफले खेलको टिकट मूल्यसमेत तोकेको छ । जसमा भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ १०० टाका तोकिएको छ । रंगशाला प्रवेश गर्ने हरेक दर्शकले फिफा र एएफसीको गाइडलाइन्स पालना गर्नुपर्नेछ ।

दुई मैत्रीपूर्ण खेललाई बिएफएफले ‘मुजिब बोर्शो फिफा इन्टरनेशनल फुटबल सिरिज २०२० : बंगलादेश भर्सेस नेपाल’ नाम दिएको छ । मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुनेछ ।

विश्वकप छनोटको खेल मार्च र जुनमा
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको बाँकी रहेका खेलहरु अर्काे वर्ष जुनमा सक्ने योजना अघि सारेको छ । एएफसीको बुधबार बसेको बैठकले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सक्ने निर्णय गरेको हो । विश्वव्यापी बनेको कोरोना महामारीका कारण …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...