कोभिड -१९ को कारण सुस्ताएको पर्यटनलाई गति दिन केही समय अघी नेपालगञ्ज- पोखरा उडान सुरु गरिएको छ । उडान सुरु गरिए पछि पोखरा तथा नेपालगञ्ज वरपरका व्यवसायीहरु उत्साहित भएका छन् ।
नेपाल एशोशियसन टुर एण्ड ट्राभल्स ( नाट्टा ) को टोलि सहित नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबरा सहितको जनप्रतिनिधि तथा पर्यटन व्यवसायी सीत एयरलाइन्स् चार्टर उडानबाट पोखरा आएर औपचारिक शुभराम्भ गरेका थिए । नाट्टा गण्डकीका अध्यक्ष सञ्जकान्त सिग्देलले गण्डकी नाटा र नेपालगञ्ज नाटा च्याप्टरको संयुक्त प्रयसबाट उडान सुरुवात गरेको र अहिले यात्रु संख्या बढ्दो रहेको र उडानबाट आउने ६० प्रतिशत पर्यटक घुमघाम गर्न र ४० प्रतिशत पारिवारिक भेटघाटका कारण आउने गरेकोले पर्यटन क्षेत्रमा आय-आर्जनका गतिविधि बढीरहेको बताए ।
यसरी नेपालगञ्ज –पोखरा उडानका क्रममा यात्रु संख्या दिन प्रतिदिन बढ्दै गए पछि त्यहाँका पर्यटकिय व्यवसायीहरु उत्साहित भएका छन् । अहिले पोखराबाट अधिकांश व्यक्तिहरु बाँके, बर्दिया र रारा ताल टुर प्याकेजमा जाने गरेको पाइएको छ । यात्रुको संख्या दिन प्रतिदिन बढ्दै जानाले उडान संख्या फेरी बढाउनु पर्ने भनाई पनि अध्यक्ष सञ्जकान्त सिग्देलको रहेको छ । उनका अनुसार सीता एयरको एक हप्तामा ३ दिन १८ सिटको जहाज दिइरहेको र भाडादर यस अघी ५ हजार रुपैया भएको अहिले २ सय रुपैया वृद्धि गरी ५ हजार २ सय रुपैया बनाइएको छ । ( रा.स.स)