नेपाली कांग्रेसले दशैँ भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय


नेपाली कांग्रेसले दशैँ भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसले सङ्घीय संसद्का सदस्यहरुलाई सरकारले उपलब्ध गराएको दशैँ भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ ।

साेमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई उपलब्ध गराइएको दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।

कोरोना भाइरस महामारीको कारणले उत्पन्न विषम परिस्थितिमा आम नेपाली नागरिकले रोग, भोक, अभाव, पीडा र कठिनाइ भाेगिरहेका अवस्थामा जनप्रतिनिधिलाई दशैँ भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएको ठहर गर्दै फिर्ता गर्ने निर्णय गरेको खाँणले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

यस्तै संसदीय दलको बैठकले सरकारले कोरोना परीक्षण, उपचार तथा शव व्यवस्थापनसमेत आफै गर्नू भनेर जिम्मेवार निर्णय गरेको भन्दै यसप्रति आपत्ति प्रकट गरेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...