http://bit.ly/bajajdurbartimes

राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीमा कोरोना संक्रमण


राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीमा कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना भाइरस पुष्टि भएको छ । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल लाई कोरोना संक्रमण देखिएको हो।

कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि जानकारी दिँदै अहिले होम क्वारेन्टिनमा रहेको बताए ।

मंगलबार टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।

सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी र करण केसीको कोरोना परीक्षण गरिएको थिएन । उनीहरु बन्द परीक्षणमा लागि आइनसकिएको जनाइएको छ ।

बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ।

1

पुछारको सेफिल्डसँग युनाईटेड पराजित

2

युभेन्ट्स सेमिफाइनलमा

3

बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाईनलमा प्रवेश

4

पुरुष पिएम कप आज दोस्रो सेमि फाइनल

5

महिला लिगमा आज दुई खेल हुँदै

6

आजको राशिफल


Share Tweet Send